कञ्चनपुरमा सर्पले डसेर एक महिला घाइते
२०८१ कार्तिक २५, ०६:११
कञ्चनपुरः कञ्चनपुरमा सर्पले डसेर एक महिला घाइते भएकी छन्। जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रहमदेबस्थित बैजनाथकी २४ वर्षीया अम्रीका पाल सर्पले डसेर घाइते भएकी हुन्।
उनलाई हिजो (शनिवार) राति सुतिरहेका बेला सर्पले डसेको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइते महिलाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
कमेन्ट लोड गर्नुस