सुदूर नेपाललाई विश्वसँग जोड्दै

रविलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

फाइल फोटो
फाइल फोटो
२०८१ कार्तिक २५, ०५:२१ खबर संवाददाता

काठमाडौँः गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई थप १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

न्यायाधीश नवराज दाहालको इजलासले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित गोरखा मिडिया नेटवर्कका पूर्व उपाध्यक्ष छविलाल जोशी, गिबी एन्ड ग्रुुरुपकी कर्मचारी गीता पछाई र नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई आइतवारबाट गणना हुने गरी १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापतिसमेत रहेका लामिछानेलाई चौथोपटक म्याद थप गरिएको हो। सूर्यदर्शन सहकारी ठगी प्रकरणमै उनीहरुविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोगमा अनुसन्धान जारी छ। पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर हिनामिना गरेको अभियोगमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस