सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अवैध काठसहित दुई जना पक्राउ

२०८१ कार्तिक २५, ०८:२५

धनगढीः कैलालीको धनगढीमा अवैध काठसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१५ उर्मीका ३२ वर्षीय होरीलाल राना र ३५ वर्षीय बिनोद राना अबैध काठ र गोरूगाडासहित शनिबार पक्राउ परेका हुन्।

करिब २३ हजार ४३७ मुल्यको सालको काठ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। काठसहितको गोरुगाडा र दुबै जनालाइ कारबाहीका लागि वन कार्यालयलाई बुझाएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस