सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित २ युवक पक्राउ

२०८१ कार्तिक २५, ०७:५१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित २ युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–१७ बडुवालटोलबाट सोहि ठाउँका २४ वर्षीय सुरज नाथ र भीमदत्त नगरपालिका– १८ का ३० वर्षीय प्रकाश चन्द रहेका प्रहरीले जनाएको छ।

शुन्य दशमलव २२ ग्राम लागूऔषधसहित दुबै जनालाइ अस्थायी प्रहरी पोष्ट मझगाउँ कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार नियन्त्रण्मा लिएको हो।

कमेन्ट लोड गर्नुस