धनगढीको ६ लेन सडकमा दुर्घटना
२०८१ कार्तिक २४, ०८:१७
धनगढीः धनगढीको ६ लेन सडकमा दुर्घटना भएको छ।
धनगढी उपमहानगरपालिका–३ भाटभटेनी नजिक ३२ वर्षीय पुरुषले चलाएको सुदूरपश्चिम प्रदेश ०१०० ह ३७४३ नम्बरको अटोलाई २८ वर्षीय पुरुषले चलाएको से ७ प ८६४७ नम्बरको स्कुटीले ठक्कर दिँदा एक जना घाईते भएका छन्। घाइतेको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरी चौकी कैलालीले जनाएको छ।
कमेन्ट लोड गर्नुस