सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ कार्तिक २४, ०८:१४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको स्थान भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक, दोधारा चाँदनी नगरपालिका–४ चाँदनी बजार र बेलौरी नगरपालिका–६ बैशाखाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४ लाख २५ हजार ९८० बराबरको सामान बरामद गरिएको हो।

उक्त मुल्य बराबरको सुर्ती, सुट कपडा, स्विटर, ज्याकेट, मुक्लर, कुर्ती, रुमाल, थान कपडा, मल, पोटास, कस्मेटिक, किरानाका सामान, मोटरसाइकल १ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस