सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका हावाहुरी पीडितलाई सिटिजन बैंकको सहयोग

२०७६ असार ७, १२:०२ खबर संवाददाता

जेठ २३ गते आएको हावाहुरी पीडितहरुलाई राहत वितरणका लागि सिटिजन बैंकले आर्थिक सहयोग गरेको छ। सिटिजन बैंक प्रादेशिक कार्यालय धनगढीका प्रमुख धिरज जोशीले शुक्रवार धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टलाई हावाहुरी पिडितका लागि भन्दै १ लाख ११ हजार १ सय ११ को चेक हस्तान्तरण गरेका हुन्।

सिटिजन बैंक प्रादेशिक कार्यालय धनगढीका प्रमुख जोशीले मानवीयता र सामाजिक उत्तरदायीत्वका क्षेत्रमा बैंकले सहयोग गर्दै आएको बताए। 
 

कमेन्ट लोड गर्नुस