धनगढीमा पनि भव्य तरिकाले मनाइयो छठ पर्व
धनगढीः कैलालीको धनगढीमा पनि छठ पर्व मनाइएको छ। छठ पर्वको मुख्य दिन आज साँझ ब्रतालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका छन्। बिहीवार धनगढीको मोहनाघाटमा पुगेका ब्रतालुले छठको पूजा गरी सूर्यको उपासना गरेका छन्।
सूर्यास्तअघि नै ब्रतालुहरुले धनगढीको मोहना घाटमा पुगेर आआफ्नो छठघाट सजाइसकेका थिए। त्यसपछि अस्ताउँदो सूर्यलाई अर्घ दिए। कतिपय ब्रतालु बिहीवार रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन्। देशभर काठमाडौंका बागमती, विष्णुमती, सिराहा, सप्तरी तथा जनकपुरमा ठाउँठाउँमा छठ पूजास्थल बनाइएको छ भने कमलपोखरीलगायतका जलासयमा पनि छठपूजा गरिएको छ।
सुरुका वर्षमा मोहनाघाट पूजास्थलमा चहलपहल कम हुने गरेको, सुनसान हुने गरेकामा पछिल्ला केही वर्षयता लाखौँको सङ्ख्यामा भक्तालु तथा दर्शनार्थी अवलोकन गर्न आउने गरेका छन। पछिल्लो समय छठ पर्वमा तराईबासी बाहेक पहाडी समुदायको सहभागिता समेत बढ्दै आएको छ।