सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हावाहुरीले ढलाएका रुखहरु चोरी निकासी हुँदै

२०७६ असार ६, ०७:१७ कमल सावद

कैलालीमा गत जेठ २३ गते विहिबार गएको हावाहुरीका कारण ढलेका रुखहरुको काठ चोरी हुन थालेको छ। कैलालीका राष्ट्रिय तथा सामुदायिक वनहरुमा हावाहुरीका कारण ढलेका रुखहरुको काठ चोरी हुन थालेको हो। सामुदायिक वन उपभोक्ता समिति र वन कार्यालयहरुको लापरवाहीका कारण वनमा ढलेका रुखबाट काठ चोरी हुन थालेको हो। 
कैलालीको गोदावरी क्षेत्रका वनहरुमा बढि क्षती भएको अनुमान गरिएको छ। तर डिभिजन वन र सव–वन डिभिजन कार्यालयहरु ढलेका रुखहरुको तथ्यांक संकलनमा नै अल्झिएका छन्। 
गत जेठ २३ गते बीहिबार गएको हावाहुरीका कारण कैलालीको गोदावरी मजगाउँ क्षेत्रका सामुदायिक तथा राष्ट्रिय वनमा ठुलो क्षती भयो। वनमा रुखहरु समेत ढले। रुख बाटोमा ढलेको भन्दै केहि स्थानीयले काट्न सुरु गरे। सो क्षेत्रका वनमा ठुलो क्षती भएपनि विवरण डिभिजन वन कार्यालयसंग छैन्। वन कार्यालयको उदासिनताका कारण वन क्षेत्रबाट सालका गोलियाहरु चोरी भएका छन्। गौरीगंगाका स्थानीय यमुना महतले स्थानीयले रुखहरुबाट गोलिया बनाएको बताइन्।
कैलालीको समैजी सामुदायिक वन उपभोक्ता समितिको भवन रहेको राष्ट्रिय वन क्षेत्रका सालका गोलिया पनि विद्यालयले चोरी गरेको पाईएको छ। समैजी माध्यामिक विद्यालयको नयाँ भवनको झ्याल–ढोकाका लागि सालका गोलिया विद्यालयले चोरेको छ। सालका गोलिया रातीको समयमा गायव पार्ने गरेका समितिका पदाधिकारीहरुको नै आरोप छ भने जिल्लाभरी नै यस्तो समस्या देखिएको छ। समैजी सामुदायिक वनका कोषाध्यक्ष मिना थापा धामीले सालको गोलिया विद्यालयले चोरेको बताइन्। 
कैलालीमा रहेको एक लाख ८० हजार वन क्षेत्र मध्ये गोदावरी नगरपालिका र धनगढी उप–महानगरपालिका क्षेत्रको वनमा बढि क्षती भएकोे अनुमान गरिएको छ। सव–वन डिभिजन कार्यालय र सामुदायिक वनहरुले जंगलमा भएको क्षतीको विवरण संकलन गर्नुपर्ने हो। तर अहिले सम्म भएको छैन्। कुन वनमा कती रुखहरु ढलेका छन्। त्यो तथ्याँक नभएपछि काठ तस्करहरुलाई सहज भएको छ। वनमा साल, सिसम, खयर, जामुन, हल्दु लगायतका रुखहरु ढलेका छन्। तर डिभिजन वन कार्यालय कैलालीसंग तथ्याँक नआएको डिभिजन वन कार्यालय कैलालीका डिभिज प्रमुख रामचन्द्र कडेलले बताए। उनले सामुदायिक वनहरुलाई कटानी आदेश दिन नसकिने बताए। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस