धनगढीबाट तीन जना फरार प्रतिवादी पक्राउ
धनगढीः कैलालीको धनगढीबाट तीन जना फरार प्रतिवादी पक्राउ परेका छन्। बाल यौन दुव्र्यवहार मुद्दामा दोषी ठहर धनगढी उपमहानगरपालिका–२ का ३० वर्षीय हरिश कार्की, लागूऔषध मुद्दामा धनगढी–४ का २५ वर्षीय सुवास थापामगर र चेक अनादर मुद्दामा धनगढी–१४ का ४३ वर्षीय शंकरप्रसाद शर्मा पक्राउ परेका हुन्।
जिल्ला अदालत कैलालीबाट दोषी ठहर तर फरार तीनै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।