कैलालीबाट भन्सार छलीका माछा र बोईलर कुखुरालगाएत सामान बरामद
धनगढीः कैलालीबाट भन्सार छली गरी ल्याएका माछा र बोईलर कुखुरालगाएत सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–१६ रामपुर, गोदावरी नगरपालिका–४ वनदेबी नजिक, टीकापुर नगरपालिका–४ मौरनिया, टीकापुर नगरपालिका–९ बालुवाटार र कैलारी गाउँपालिका७ रामपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २ लाख ८७ हजार ७५५ मूल्य बराबरको सामान बरामद गरिएको छ।
उक्त मूल्य बराबरको प्याज, चिनी, दाल, साबुन, बदाम, हरियो खुर्सानी, केराउ, बिडी, सुर्ती, सिद्रा माछा, माछा, बोईलर कुखुरा, प्लाष्टिक झिल्ली, मोटरसाईकल १ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।