सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमन

२०८१ कार्तिक २१, ०३:३८ खबर संवाददाता

समाचार एजेन्सीः अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी जनताको सानदार जित भएको बताएका छन्।

फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले ‘आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरे। अमेरिकी राष्ट्रपतीय निर्वाचनको जारी मतगणनामा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले राष्ट्रपति पदमा चयन हुन आवश्यक इलोक्टोरल कलेज मत सुरक्षित गरेका छन्। ट्रम्पको पक्षमा २६६ इलोक्टोरल कलेज आइसकेको छ भने अन्य ४६ इलेक्टोरल मतमा पनि उनको उल्लेख्य अग्रता छ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल कलेजको बहुमत २७० इलेक्टोरल भोट प्राप्त गर्नुपर्ने हुन्छ। रिपब्लिकन पार्टीले ५१ स्थानमा जित हासिल गर्दै सिनेटमा बहुमत हासिल गरिसकेको छ भने हाउस अफ रिप्रिजेन्टेटिभमा पनि २०० स्थानमा जित हासिल गरिसकेको छ। हाउसमा बहुमत पुगाउन २१८ स्थानमा जित हासिल गर्नुपर्ने हुन्छ।

कमेन्ट लोड गर्नुस