सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा डोजर आतंकले दर्जनौ गाँउ पहिरोको जोखिममा

२०७६ असार ६, ०२:५७ प्रकाश सिंह

बाजुराका स्थानीय  तहले मनोमानी रुपमा डोजर सञ्चालन गर्दा दर्जनौ बस्ती पहिरोको जोखिममा परेका छन्। वातावरणी प्रभाव मूल्याङकन् नगरी डोजरले जथाभावी जंगल फडानी गरी सडक  खन्दा बस्ती मात्र नै संकटमा परेका छन्। जिल्लाको वडिमालिका नगरपालिका –१  मैमातोलामा गाउँको माथिबाट डोजरले सडक खनिएपछि गाउँ नै पहिरोको जोखिममा परेको छ।  स्थानीयको विरोधका बिच नै सडक निर्माण गरिएको आरोप लागेको छ। स्थानीय नरी विष्टले आफूहरुको विरोधले असहमती जनाएपछि गाउँको माथीबाट सडक विस्तार गरिएपछि मैमातोलाका १० परिवारको उठिवास भएको बताए। उनीहरु अहिले गाउँबाट अन्यत्र बसाई सरीसकेका छन्।

विष्टले स्थानीयको विरोधका बावजुद पनि हिँउदमा सडक खनिदा विकास भएको महसुस भएपनि अहिले सोही सडकले विनास निमत्याएको गुनासो गरे। जिल्ला सदरमुकाम मार्तडी देखि गौमुल गाउँपालिका सम्म जोड्ने उक्त सडकका कारण पहिराे आएपछि दर्जन बढि किसानका खेतबारी मासिएका छन् भने तीन वटा बस्ती उच्च जोखिममा रहेका छन्। कतिपय ठाउँमा घरमाथि निर्माण भएका सडकबाट बग्ने पानीले पहिरोको रुप लिएको छ।  

मैमातोला जस्तै बाजुराका दर्जनौ वस्ती अहिले सडक निर्माण गर्दा डोजर प्रयोगले पहिरोको उच्च जोखिममा रहेका छन्। स्थानीय सरकारले सडक निर्माणका क्रममा जथाभावी डोजर लगाउँदा वस्ती जोखिममा  र खेती योग्य जमिन तहस नहस भएका छन्। छेडेदहँ गाँउपालिका २ बस्ने सुरत थापाले डोजरले वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी सडक खनिरहेको बताए। जसका कारण बस्ती उच्च जोखिममा परेको उनी बताउछन्। वडा नम्बर ५ डोगडिको गाँउमा बस्ती माथिबाट सडक खनिएपछि एक सय परिवार जोखिममा परेका छन्। 

बुढिनन्दा नगरपालिका वडा नम्बर ९ का धर्म बोहाराले सडकले विकास नभएर विनाश निम्त्याईरहेको बताए। आर्थिक वर्ष २०७४÷०७५ मा बाजुराका ९ वटा स्थानीय तहले सडक निर्माणका नाममा २२ करोड भन्दा बढि खर्च गरेको थिए। सबै सडकमा डोजर परिचालन गरेको जिल्ला प्राविधिक कार्यालय बाजुराले जनाएको छ। जिल्लामा गत आर्थिक वर्ष ४८ वटा सडक निर्माण भएका थिए। सडक विस्तारका नामममा जंगल फडानी गर्ने क्रम पनि बढिरहेको छ। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस