सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय वायुसेनाको लडाकु जहाज दुर्घटना

२०८१ कार्तिक १९, ०६:१४ खबर संवाददाता

एजेन्सिः भारतको उत्तरप्रदेशस्थित आगरामा वायुसेनको एउटा जहाज दुर्घटनामा परेको छ।

यो दुर्घटनापछि पाइलट र को–पाइलट दुई किलोमिटर वरपर जीवितै भेटिएका छन्। समाचार अनुसार प्राविधिक समस्या आएपछि पाइलटले यो विमानलाई सुझबुझ देखाएर कागारौलको सोनिगा गाउँनजिकैको खाली खेतमा फोर्स ल्यान्डिङ गराएका थिए।

यदि बस्तीमा यो जहाज खसेको भए ठूलो जनधनको क्षति हुन सक्थ्यो। जहाजमा समस्या आएपछि पाइलट र को–पाइलटले प्यारासुटबाट छलाङ लगाएर ज्यान बचाएका थिए। यसबारेमा भारतीय वायु सेनाले औपचारिक भनाइ सार्वजनिक गरेको छैन।

शुरुआती जानकारीअनुसार यो मिग–२९ लडाकु विमान पञ्जाबको आदमपुरदेखि उडेको थियो। विमान खसेपछि घटनास्थलमा स्थानीयको ठूलो भिड लागेको छ। अहिले त्यहाँ प्रहरी पुगेर जाँच मुचुल्का उठाइसकेको छ।
 

कमेन्ट लोड गर्नुस