सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई ज्यान मार्ने धम्की 

२०८१ कार्तिक १८, ०५:०० खबर संवाददाता

एजेन्सीः मुम्बई ट्राफिक पुलिस कन्ट्रोल रुममा शनिवार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की आएको छ।

मुख्यमन्त्री योगीलाई १० दिनभित्र राजीनामा नदिए बाबा सिद्दिकीझैँ उनको पनि हत्या गरिने भनेर धम्की आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यस्तो सन्देश मुम्बई पुलिस ट्राफिक कन्ट्रोल सेलमा अज्ञात नम्बरबाट प्राप्त भएको थियो।

सन्देश पठाउने व्यक्तिको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि २ मार्चमा सुरक्षा मुख्यालयमा खटिएका एक प्रहरी कर्मचारीलाई मुख्यमन्त्री योगी आदित्यनाथलाई बमबाट उडाउन धम्की आएको थियो।

कमेन्ट लोड गर्नुस