कैलालीमा मध्यराति रड प्रहार, एक जना घाइते
२०८१ कार्तिक १८, १०:०२
धनगढी: कैलालीमा रड प्रहारबाट एक जना घाइते भएका छन्।
गएराति ११ बजेर २५ मिनेट लम्कीचुहा नगरपालिका–२ गणेशपुरका ३० वर्षीय योगेश ढकाल रड प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ। सामान्य वादविवादमा ढकाललाई स्थानीय लालबहादुर रावतले रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहाराले बताए। रड प्रहारबाट घाइते भएका ढकालको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।
कमेन्ट लोड गर्नुस