बझाङमा अरिङगालको टोकाइबाट दुई बालबालिकाको मृत्यु
बझाङः बझाङमा अरिङगालको टोकाइबाट दुई बालबालिकाको मृत्यु भएको छ।
जिल्लाको थलारा गाउँपालिका २ डोरगाउँका ३ वर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खातिको मृत्यु भएको हो। अरिङगालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष रबिन्द्र खातीले बताए।
उनका अनुसार घाइते हुनेमा ७ वर्षीया सुमि खाती उनकि आमा डम्मरा खाती र बजै रहेकि छिन्। उनिहरुको रायल प्राथमिक स्वास्थ चौकीमा उपचार भैरहेको छ। शनिवार दिउसो १२ बजे तिर घर नजिकै घाँस काट्ने क्रममा अरिङालले उनिहरुलाई टोकेको अध्यक्ष खातीले जानकारी दिए। मृतक र घाईत सवै एकै परिवरका सदस्य हुन्।