सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती नदीमा बेपत्ता भएका युवा संघका तत्कालीन अञ्चल अध्यक्षको शव फेला

२०७६ असार ६, १२:१९ खबर संवाददाता

डोटी–सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका तत्काललिन एमाको भातृ संगठन युवा संघ डोटीका नेता पुष्कर सिंहको शव फेला परेको छ। गएको जेठ १३ गते वेपत्ता भएका सिंहको २६ दिनपछि शुक्रबार बिहान शव फेला परेका हो। सिंह बेपत्ता भएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेकपा डोटीका नेता कार्यकर्ता तथा स्थानीयवासी खोजी कार्यमा लागेका थिए। शुक्रबार बिहान शिखर नगरपालिका–१ कालागाढ नजिक सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 
डोटीको आर्दश गाँउपालिका वडा नम्बर ५ लामिखालका ४५ बर्षिय सिँह युबा सघका तत्कालीन सेती अञ्चल अध्यक्ष पनि हुन्। डोटीको गोपघाट नजिक उनी मलाम गएका बेला नुहाउने क्रममा सेती नदीमा डुवेका थिए। 
 

कमेन्ट लोड गर्नुस