सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायली हमलामा परी लेबनानमा ११ जनाको मृत्यु

२०८१ कार्तिक १६, ०९:४१ खबर संवाददाता

एजेन्सीः पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा परी ११ जनाको मृत्यु हनुको साथै १४ जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले बिहिवार जनाएको छ।

एजेन्सीका अनुसार बालबेक जिल्लाको बुडे गाउँको एउटा घरमा इजरायली आक्रमणले एकै घरका श्रीमान, श्रीमती र उनीहरूका दुई बच्चाहरूको ज्यान गएको हो। स्रोतका अनुसार अर्को आक्रमणमा मकनेह गाउँमा आमाबाबु र उनीहरूका चार सन्तानसहित छ जनाको परिवारको मृत्यु भएको थियो भने अन्य छ जना घाइते भएका थिए।

यसै गरी  बालबेक सहरको दक्षिणी प्रवेशद्वारमा चारवटा इजरायली हवाई आक्रमणले एक महिलाको ज्यान लिनुका साथै  अन्य पाँच जना घाइते भएका छन् भने एउटा घर ध्वस्त भएको छ। क्षेत्रमा भएको अर्को आक्रमणमा तीन जना घाइते भएका छन् भने विस्फोटबाट नजिकैका दर्जनौ भवन, व्यवसाय र संस्थाहरूलाई क्षति पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस