सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टर हेमराज पाण्डे सेती अस्पताल फर्किए

२०८१ कार्तिक १५, ०४:२६ खबर संवाददाता

धनगढीः वरिष्ठ बालरोग विषेज्ञ डाक्टर हेमराज पाण्डेको सेती प्रादेशिक अस्पतालमा सरुवा भएको छ। डाक्टर पाण्डेको महाकाली प्रादेशिक अस्पतालबाट सेतीमा सरुवा भएको हो।

सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कात्तिक १२ गतेको बैठकबाट डाक्टर पाण्डेको सरुवा सेतीमा गर्ने निर्णय भएको हो। डाक्टर पाण्डेको गत वर्ष महाकाली प्रादेशिक अस्पतालमा सरुवा गरिएको थियो। सेती प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट रहेकै बेला पाण्डेलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवा गरिएको थियो। पाण्डे फेरि सेती अस्पताल फर्किएका हुन।

 

कमेन्ट लोड गर्नुस