सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु

२०८१ कार्तिक १५, ०१:३८

डडेल्धुरा : डडेल्धुराको भित्रिमधेश क्षेत्रमा अरिङ्गालले टोक्दा एक जना पुरुषको मृत्यु भएको छ। गाई वस्तुलाई घाँस काट्दै गरेका आलिताल गाउँपालिका– १ दुनीका ५० वर्षीय लक्ष्मणराज जोशीको अरिङ्गालले टोक्दा मृत्यु भएको हो। जोशीलाई कात्तिक १२ गते घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा अरिङ्गालले टोकेको थियो।

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला सदरमुकाम तुफानडाडाँको डडेल्धुरा अस्पताल पुगाइएको थियो। डडेलधुरा अस्पतालमा उनको उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो।

धनगढीमा पनि उनको उपचार सम्भव नभएपछि भारतको बरेलीको अस्पताल पुगाइएको थियो। बरेलीको एक अस्पतालमा उपचारकै क्रममा बिहीवार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक डम्बर विष्टले बताए। 
 

कमेन्ट लोड गर्नुस