डोटीको सिलगढीमा पनि राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइयो
डोटीः डोटीको सिलगढीमा पनि राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएको छ।
दिपायल सिलगढी नगरपालिका–६ नाचनथलिमा ‘स्वस्थ जीवनशैलीमा सात्विक आहार। नागरिक आरोग्यताको मजवुत आधार’।। भन्ने मुल नाराका साथ नागरिक आरोग्य सेवा केन्द्रले पनि धन्वन्तरी जयन्ती मनाएको हो। धन्वन्तरी जयन्ती हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा मनाइन्छ।
आयुर्वेद चिकित्सा पद्धति हाम्रो प्राचीन उपचार पद्धति हो। जस अन्तर्गत उपचारात्मक मात्रै नभइ प्रबर्द्धनात्मक पद्धतिसमेत जोडीएको छ। हामी रोगी भए पछी मात्रै उपचार गर्ने भन्दा पनि स्वस्थ जिवनसैली अपनाएर रोग नै लाग्न नदिन आरोग्य सेवा केन्द्रका प्रमुख विरबहादुर बोहराले सुझाए।
उक्त कार्यक्रममा डोटी जिल्लाका आयुवेर्दका स्वाथ्यकर्मी तथा स्थानीहरुको समेत सहभागिता रहेको थियो। धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा विसं २०५६ देखि मनाउन थालिएको हो।