सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका हावाहुरी पीडितलाई नगद राहत हस्तान्तरण

२०७६ असार ५, ०६:५३ खबर संवाददाता

धनगढी उप–महानगरपालिका वडा नम्वर १० का हावाहुरी पीडितलाई बिहीबार नगद राहत हस्तान्तरण गरिएको छ। फाया नेपालले उपलव्ध गराएको प्रति परिवार २ हजार ५ सय रकम वडा नम्वर १० का पीडित परिवारलाई वितरण गरिएको हो। धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले १ सय ४५ जना पीडित परिवारलाई राहत हस्तान्तरण गरेका हुन। वडा नम्वर १० मा १ सय ५२ जना हावाहुरी पिडित मध्ये १ सय ४५ जनाले राहत पाएको र बाँकी ७ जनाले बुझेका छैनन्।
 

कमेन्ट लोड गर्नुस