सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सव आयोजना गर्न खरिद नियमावली विपरीत बोलपत्र आह्वान

फाइल फोटो
फाइल फोटो
२०८१ कार्तिक १३, ०६:४७ कमल सावद

धनगढीः कैलाली उद्योग वाणिज्य संघले २०८१ असोज ७ गते बोलपत्र आह्वान गर्‍यो।  सुदूरपश्चिम महोत्सव २०८१ को तयारीका लागि बोलपत्र आह्वान गरिएको हो।

मुल आयोजक समितिले सार्वजनिक गरेको बोलपत्रमा सार्वजनिक खरिद नियमावली वा अन्य कुनै ऐन, कानुनका बुँदाहरु उल्लेख गरिएका छैनन्। संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवको स्टल निर्माण, वाद्यवादन, फल्यास छपाइ, साउण्ड सिस्टम, आइसक्रिम, निजी सुरक्षा, सवारी तथा गाडी, पार्किङ र मञ्च श्रृगार ठेक्काको सूचना सार्वजनिक खरिद नियमावली तथा ऐनविपरीत देखिएको छ।

यस विषमा कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर विष्टले भने संस्थाको नाफा अनुसार कम मूल्यमा काम गराउने र बढी मूल्यमा स्टल बिक्री गर्ने रहेको बताए। उनले भने, ‘बोलपत्र खुल्ला हुँदैन। बिगतको जस्तो होइन। मूल्य गोप्य हुन्छ। हामीलाई नाफा अनुसार घटीघटाउ वा बढीबढाउका आधारमा गोप्य सूचना निकालेका हौ। अन्तिममा हामीले सार्वजनिक गर्ने हो। तर बोलपत्रमा न्यूनतम मूल्य नै खुलाइएको छैन।

कुनै पनि ठेक्का लगाउँदा न्युनतम रकम खुलाउनुपर्ने हुन्छ। तर उद्योग वाणिज्य संघले न्युनतम रकम नै खुलाएको छैन। महोत्सव तयारीका लागि सार्वजनिक खरिद नियमावली विपरीत सूचना जारी गरिएका बेला ६० प्रतिशत स्टल भने बुकिङ भइसकेको छ। महोत्सवका स्टल निर्माण तथा अन्य कामको सम्झौता नगर्दै ६० प्रतिशत स्टल बुकिङ भइसकेको छ।

स्टल निर्माण, वाद्यवादन, फल्यास छपाइ, साउण्ड, आएसक्रिम, सुरक्षा, गाडी पार्किङ र मञ्च श्रृगारको ठेक्का सम्झौताका लागि एक दिनको समय बाँकी रहेका बेला ६० प्रतिशत स्टल भने बुकिङ भइसकेको छ। विष्टले भने, ‘सुदूरपश्चिम महोत्सवको तयारीमा छौँ। बोलपत्रको सूचना सार्वजनिक गरेका छौँ। मैदानको सरसफाइ सुरु भएको छ। ६० प्रतिशत स्टलको बुकिङ भएको छ।’ कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष मंसिर २२ देखि पौष २ गतेसम्म सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ। २०६३ सालबाट सुरु भएको महोत्सवको १८ औँ संस्करणको तयारी थालिएको छ। अहिले धनगढी–१ मा रहेको मैदान सरसफाइ गर्ने काम भइरहेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस