सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट वन पैदावार ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ कार्तिक १३, ०८:३१ खबर संवाददाता

धनगढीः कैलालीबाट बिना इजाजत वन पैदावार ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका-३ बस्ने ६० वर्षीय कर्ण कुँवर रहेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले बिना इजाजत वन पैदावार ओसार पसार सम्बन्धि मुद्दामा ३ महिना कैद सजाय तोकिएपछि उनी फरार रहेका थिए। कुँवरलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस