सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट झन्डै ५ लाखको सामान बरामद

२०८१ कार्तिक १३, ०८:२९ खबर संवाददाता

धनगढीः कैलालीबाट झन्डै ५ लाखको भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा रहेका भारतीय नाकाहरुबाट भन्सार छली गरी ल्याएको अन्दाजी ४ लाख ६२ हजार ५० मुल्य बराबरको अबैध सामानहरु फेलापारी बरामद गरेको हो।

धनगढी उपमहानगरपालिकाको मिलनचोक र खेदाघाटबाट अन्दाजी ५७ हजार ५५० बराबरको कपडा र किरानाका सामान, भजनी नगरपालिकाको डक्टरघाट र ढुसीबाट अन्दाजी मुल्य २ लाख १९ हजार ५ सय बराबरको कपडा र सुर्तिजन्य पदार्थ त्यसैगरी कैलारी गाउँपालिका–५ मनिकापुरबाट अन्दाजी मुल्य १ लाख ८० हजार बराबरको आलु, गुड र मुनफली बरामद गरेको भने जोशीपुर गाउँपालिका–५ फाडियाबाट अन्दाजी मुल्य ५ हजार बराबरको चिनि बरामद गरिएको छ।

बरामद गरीएका उक्त सामानलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस