सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराबाट सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार

२०७६ असार ५, ०४:४६ प्रकाश सिंह

बाजुराबाट हेलिकप्टर मार्फत सुत्केरी व्यथा लागेकी एक महिलाको उद्धार गरिएको छ। जिल्लाको स्वार्मिकार्तिक गाउ“पालिका वडा नम्वर १ मुक्तीकोटकी २२ वर्षिया रजनी विकलाई सुत्केरी व्यथा लागेपछि हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको हो। सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा महिलाको उद्धार गरिएको हो। 
सुत्केरी हुन एक महिना बा“की रहेको भएपनी सुत्केरी व्यथा लागेपछि हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको सामाजिक बिकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए। 

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस