सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहिदगेटदेखि क्याम्पस चोकसम्म पाँच स्थानमा फुट्यो खानेपानीको पाइप

२०८१ कार्तिक ११, ०६:३४ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीस्थित सहिदगेट–क्याम्पस चोक सडकको करिब एक दर्जन स्थानमा खानेपानीको पाइप फुटेका छन्।

पाइप मर्मत गरी सडक कालोपत्र गरेपछि पाँच स्थानमा खानेपानीको पाइप फुटेका छन्। एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारले निर्माण गरेको सडकमा खानेपानीको लाइन स्थानान्तरण नगर्दा पाइप फुटेर सडक नै बिग्रने अवस्थामा पुगेको छ। ठेक्का सम्झौतामा निर्माण कम्पनीले नै लाइन स्थानान्तरण र जडान गर्ने उल्लेख भए पनि सहिदगेटदेखि राष्ट्र बैंकसम्मको सडकमा नयाँ खानेपानीको लाइन निर्माण गरिएको छैन।

सडक मर्मत भएको केही दिनमै पहिले नै पाइप फुटेको स्थानमा पुनः पाइप फुटेर सडकमा खाल्डाखुल्डी पर्न थालेको छ। तिहारलगत्तै खानेपानीको नयाँ लाइन सञ्चालन गरी भत्केको सडकसमेत मर्मत गरिने खानेपानी संस्थान धनगढीको दाबी छ। सडक कालोपत्र गरेपछि राष्ट्र बैंकसम्म करिब एक दर्जन स्थानमा पाइप फुटेर बिग्रेको सडक मर्मत गरेको केहीदिनमै पुनः सडक भत्किएको छ।

No description available.

कालिका कन्स्ट्रक्सनले निर्माण गरेको सघन सहरी परियोजनाका सडकमा पाइप लाइन स्थानान्तरण गर्ने जिम्मासमेत निर्माण कम्पनीकै थियो। अधिकांश स्थानमा पाइप लाइन स्थानान्तरण गरेको कम्पनीले सहिदगेटदेखि राष्ट्र बैंकसम्म सडकको दुबैतर्फ नयाँ पाइप लाइन निर्माण समेत गरेको छैन। जसका कारण पाइप फुटेर नवनिर्मित सडक भत्किन लागेको छ।

तर कम्पनीले खानेपानीको नयाँ लाइन सञ्चालन नगरेको स्थानमा तिहारलगत्तै काम गर्ने नेपाल खानेपानी संस्थान धनगढीका प्रमुख इन्जिनिर साहले बताए। उनले निर्माण कम्पनीले काम गर्न छोडेको स्थानमा खानेपानी पाइपलाइनको जडान र सञ्चालन खानेपानी संस्थानले गर्ने सहमति भएको बताए। यसअघि कालोपत्र हुनासाथ राष्ट्र बैंकसम्म ११ स्थानमा खानेपानीको पाइप फुटेको थियो।

No description available.

दशैंअघि फुटेको पाइप मर्मत गरेर निर्माण कम्पनीले सडक कालोपत्र गरेको थियो। तर फेरि पाँच स्थानमा पाइप फुटेर मर्मत गरेको सडक भत्किन लागेको छ। तर, सहिदगेट–क्याम्पस चोक सडकमा तिहारलगत्तै सडको दुबै किनारतर्फ खानेपानीको नयाँ लाइन सञ्चालन गरिने खानेपानी संस्थानले बताएको छ। अब भने धनगढीमा सडक निर्माण गरिँदा नै खानेपानीको लाइन स्थानान्तरण गर्ने काम हुने भएको छ।

उपमहानगरपालिका र खानेपानी संस्थानबिच सडक तथा नाली निर्माणसँगै सडकको दुबैतर्फ खानेपानीको नयाँ लाइन विस्तार गर्ने सहमति भएको छ। जसले हाल निर्माण भइरहेका सडकमा खानेपानीको पाइप फुटेर सडक भत्किने समस्या हट्ने खानेपानी संस्थान धनगढीका प्रमुख साहको तर्क छ। सडक तथा ढल निर्माण गर्दा खानेपानी, टेलिकम र नेपाल विद्युत प्राधिकरणसँग समन्वय र सहकार्य नगरिँदा विकास दिगो नहुने समस्या देखा पर्दै आएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस