सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्योगीहरूले बक्यौता रकम नतिरेसम्म विद्युत् जोड्न सकिँदैनः कुलमान घिसिङ 

२०८१ कार्तिक ११, ०५:५९ खबर संवाददाता

काठमाडौः उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएपछि नेपाल विद्युत् प्राधिकरणले महसुल नतिरेका उद्योगहरुको लाइन काटेको छ। विद्युत् प्राधिकरणले सबै डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएको भन्दै लाइन काटेपछि उद्योगको उत्पादन ठप्प छ।

महसुल नबुझाएका ३२ उद्योगमा प्राधिकरणले लाइन जोडेको छैन। प्राधिकरणले उद्योगहरूको लाइन काट्नुअघि महसुल बुझाउन ९० दिनको समय सीमा दिएको थियो। तर उद्योगीहरूले समय अवधिमा महसुल नतिरेपछि लाइन काटेको छ। प्राधिकरणले किस्ताबन्दीमा महसुल बुझाउन छुट दिने भएको छ। त्यहीअनुसार ८ वटा उद्योगले विद्युत् महसुल बुझाएका छन्।

डेडिकेटेड र ट्रंकलाइनको महसुलको विषयमा उद्योगी व्यवसायीमाथि प्राधिकरणका कार्यकारी निर्देशक आक्रामक बनेको, पछिल्लो समय उद्योगी व्यवसायीहरूले घमण्ड देखाएर उद्योगी व्यवसायीको कुरा नै नसुन्ने, मागेको बिल पनि नदिने बारम्बार उद्योग नै बन्द हुने गरी विद्युत् लाइन काट्ने काम गरेको व्यवसायीहरुको गुनासो छ।
 

कमेन्ट लोड गर्नुस