सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवैध पेस्तोलसहित सेनाका सिपाही पक्राउ

२०८१ कार्तिक ११, ०१:३२ खबर संवाददाता

काठमाडौंः नेपाली सेनाका एक सिपाही अवैध पेस्तोलसहित पक्राउ परेका छन्।

शनिबार काठमाडौंको नागार्जुन नगरपालिका–१०, रानीवनबाट प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका–७ का २४ वर्षीय अनिल खड्कालाई पेस्तोलसहित पक्राउ गरेको हो। प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले गोप्य सूचनाका आधारमा खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल बरामद गरेको हो।

खड्कामाथि अनुसन्धान गर्दै जाँदा उनी सेनाको रामेछापस्थित खड्गदल गणमा कार्यरत सिपाही रहेको खुलेको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी वसन्त रजौरेले बताए।

कमेन्ट लोड गर्नुस