सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र डडेल्धुराबाट समातिए लागुऔषधसहित चार जना युवक

२०८१ कार्तिक ११, १२:४५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र डडेल्धुराबाट लागुऔषधसहित चार जना युवक पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१ शिवनगर खानेपानी टयाङ्की नजिकबाट ५ सय ५० मिलिग्राम लागुऔषसधिहत सोही स्थान बस्ने २१ वर्षीय अर्जुन बोगटीलाई शनिबार राति पक्राउ गरिएको हो। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

यसैगरी धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट ७० मिलिग्राम लागुऔषधसहित डोटीको दिपायल–सिलगढी नगरपालिका–५ का २४ वर्षीय प्रदिप धोवीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो। उता डडेल्धुराको अमरगढी नगरपालिका–९ ढाटगाउँका ३२ वर्षीय राजेश पाल पनि लागुऔषधसहित पक्राउ परेका छन्।

१ ग्राम लागुऔषधसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले पाललाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो। यसैगरी वडा प्रहरी कार्यालय धनगढीले एक जना किशोरलाई पनि लागुऔधसहित पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–५ का १८ वर्षीय किशोरलाइ ५४० मिलिग्राम लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस