घोडाघोडीबाट दुई जना लागुऔषधसहित पक्राउ
धनगढीः कैलालीबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन्।
जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखड बजारबाट लागुऔषध (खैरो हेरोइन) ४० मिलिग्राम सहित घोडाघोडी–२ साडेपानीका २१ वर्षीय प्रशान्त चौधरी पक्राउ परेका हुन्।
यस्तै सोहि ठाउँबाटै घोडाघोडी–१ बेलारका २१ वर्षीय आकाश शाही १ सय २३ ट्याब्लेट ट्रामाडोल नामक लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।