सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

२०८१ कार्तिक १०, ०४:५६ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–४ चटकपुरमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएको प्रहरीले जनाएको छ।

धनगढी–४ कै मनोज रोकाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ७६०८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोहि ठाउँका ७० वर्षीय रणबहादुर चन्द घाइते भएका हुन। उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस