सुदूर नेपाललाई विश्वसँग जोड्दै

मादकपदार्थ सेवन गर्ने १०४ जनालाई कारबाही, ६३ हजार जरिबाना असुल

सुदूरपश्चिममा तीव्र गतिका कारण १२ वटा सवारी दुर्घटना

२०८१ कार्तिक १०, १०:१९ कमल सावद

धनगढीः गत असोज २९ गते राति कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना भयो।

पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको रात्रि बस दुर्घटना दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको भयो भने ११ जना घाइते भए। सुदूरपश्चिम प्रदेशमा दशैँको फूलपातीदेखि कार्तिक १ गतेसम्म १३ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ। सो अवधिमा ९ पुरुष, तीन महिला र एक बालकको सवारी दुर्घटनामा परेर मृत्यु भएको हो।

प्रदेश प्रहरीको प्रतिवेदन अनुसार दशैँको अवधिमा दुर्घटनामा परेका २७ वटा सवारीमा सवार ३१ जना गम्भिर र १४ जना सामान्य घाइते भएका छन्। प्रदेशमा दशैँको अवधिमा ४५ जना सवारी दुर्घटनामा परेर घाइते भएका हुन्। सो अवधिमा २५ पुरुष, तीन÷तीन महिला र बालिका गम्भिर घाइते भएका छन्। ८ जना पुरुष र ६ महिला सामान्य घाइते भएका छन्।

असोज १७ गते अर्थात फूलपातीदेखि कार्तिक १ गतेसम्म १७ वटा मोटरसाइकल,  दुईवटा बस, एउटा माइक्रो, तीनवटा ट्याक्टर, दुईवटा टेम्पो र दुईवटा साइकल समेत दुर्घटनामा परेका छन्। सबैभन्दा बढी १२ वटा सवारीसाधन तीव्र गतिका कारण दुर्घटना भएको पाइएको छ। पाँचवटा दुर्घटना मादकपदार्थ सेवन र दुईवटा दुर्घटना चालकका कारण भएका छन्। एक जनाको बाटो काट्दा दुर्घटना भएको छ। सो अवधिमा २ हजार १७ जनालाई कारबाही गरिएको छ।

उनीहरुबाट १४ लाख ७५ हजार पाँच सय रुपैयाँ जरिबानावाफत राजश्वसमेत असुल गरिएको छ। साथै मादकपदार्थ सेवन गरेका एक सय चार जनालाई कारबाही नै गरिएको छ। उनीहरुबाट ६३ हजार जरिबाना असुल गरिएको छ। सुदूरपश्चिममा दशैंको समयमा ३६ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको थियो। सो अवधिमा प्रदेश प्रहरीले २ सय ४६ वटा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै तीन सय ६६ नागरिकलाई सचेत गराएको जनाएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस