सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ४ लाख बढीको तस्करिको सामान बरामद

२०८१ कार्तिक ९, ०५:५५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट ४ लाख बढीको तस्करिको सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख २० हजार २५, इलाका प्रहरी कार्यालय गड्डाचौकीले २ लाख २१ हजार ८१०, अस्थायी प्रहरी बिट मझगाउँले ७ हजार र इलाका प्रहरी कार्यालय दोधारा  चाँदनीले ६० हजार ४७२ गरेर जम्मा ४ लाख ९ हजार ३०७ मुल्यको तस्करिको सामान बरामद गरेको छ।

बरामद गरेको कपडा, जुत्ता, बिडी, सुर्ती, काजु, थाली, कचौरा, हार्डवेयरका सामान, किराना सामान, प्याज, आलु, मटर, कस्मेटिक सामान कारवाहीको लागि भन्सार कार्यालय पठाईएको छ।
 

कमेन्ट लोड गर्नुस