सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्रकको ठक्करबाट साइकलयात्री गम्भीर घाइते

२०८१ कार्तिक ८, ०५:३८ खबर संवाददाता

धनगढीः कैलालीमा ट्रकको ठक्करबाट एक जना साइकलयात्री गम्भीर घाइते भएका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–५ निसर्ग अस्पताल नजिक कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरीयाका सियाराम रानाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ख ३००८ नम्बरको ट्रकको ठक्करबाट एक जना साइकलयात्री घाइते भएका हुन्।

घाइते हुनेमा धनगढी उपमहानगरपालिका–५ का ३२ वर्षीय प्रदेसी चौधरी रहेको प्रहरीले जनाएको छ। उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस