सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १० औँ राष्ट्रिय खेलकुदको छनौट गर्न बजेट अभाव

२०८१ कार्तिक ८, १०:३५ खबर संवाददाता

धनगढी : कैलालीमा १०औँ राष्ट्रिय खेलकुदको छनौट गर्न बजेट अभाव देखिएको छ। बजेट अभावका कारण राष्ट्रिय खेलकुद प्रतियोगिताको कैलाली जिल्ला स्तरीय छनौट स्थगित गरिएको हो।

कैलाली जिल्ला खेलकुद समिति र जिल्लामा क्रियाशील खेल संघहरूको सयुक्त बैठकले बजेट अभावका कारण देखाउदै छनौट स्थलगत गरिएको छ। कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी छनौट स्थगित गर्ने निर्णय गरेको हो। छनौटका लागि बजेट अभाव रहेको सुदूरपश्चिमका सामाजिक विकास मन्त्री मेघराज खड्कालाई समेत जानकारी गराइएको छ। कैलालीमा राष्ट्रिय खेलकुदको छनौटका लागि १५ लाख बजेट माग गरिएको भएपनि ६ लाख ७५ हजार मात्र विनियोजन गरिएको हो। ६ लाख ७५ हजारले राष्ट्रिय खेलकुदको जिल्ला छनौट गर्न नसकिने भन्दै स्थगित गरिएको जिल्ला अध्यक्ष ललित खत्रीले बताए। जिल्ला खेलकुद समितिको सुझाव पछि सामाजिक विकास मन्त्री मेघराज खड्काले छनौटमा स्वतन्त्रता र बजेट वृद्धिका लागि प्रयास गर्ने बताएका छन। सुदूरपश्चिम खेलकुद पारिषदको बोर्ड बैठकले कार्तिक २ गते देखि १० गतेसम्म जिल्ला स्तरीय छनौट गर्ने निर्णय गरेको थियो। सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगिता कार्तिक २४ देखि २७ गतेसम्म धनगढीमा गर्ने निर्णय गरेको थियो।

राष्ट्रिय खेलकुद फागुन–चैतमा हुने सम्भावना छ। गण्डकी प्रदेशमा आयोजना भएको ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि समेत न्यून बजेट विनियोजन गरिएको थियो।

 

कमेन्ट लोड गर्नुस