सेती महाकाली ट्रक ब्यवसायी सघंका पदाधिकारीद्वारा पदभार ग्रहण
धनगढीः सेती महाकाली ट्रक ब्यवसायी सघंका पदाधिकारी तथा सदस्यहरुले सपथसहित पदभार ग्रहण गरेका छन्।
बुधवार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै सघंको ९औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिति संयोजक अधिवक्ता बिरबहादुर जेठाराले सपथ खुवाएका थिए। सपथ पश्चात उनिहरुले पदभार ग्रहण समेत गरेका हुन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिति संयोजक जेठाराले प्रमाणपत्र समेत वितरण गरेका थिए।
गत आइतवार सम्पन्न सेती महाकाली ट्रक ब्यवसायी सघंको निर्वाचनबाट अध्यक्षमा मोहन सिहं साउँदसहित प्यानल निर्वाचित भएका थिए। सघंको ९औँ अधिवेशनबाट २ सय ६३ मतसहित साउँद अध्यक्षमा निर्वाचित भएका थिए।
यस्तै बरिष्ठ उपाध्यक्षमा योगेन्द्र बम, प्रथम उपाध्यक्षमा रमेश प्रसाद बोहरा, महासचिवमा धुब्रराज कार्की, सचिवमा हरि सिहं महरा, सह कोषाध्यक्षमा धनबहादुर साउँद बिजयी भएका थिए। सदस्यहरुमा महेशप्रसाद पनेरु, लोकेन्द्रबहादुर ऐरी, धर्मराज पडाल, कृष्ण सिहं भाट, डम्मरबहादुर बिष्ट, सुरज श्रेस्ठ, रामबहादुर बिष्ट, बिशाल चौधरी, दिपकराज भट्ट, प्रेमबहादुर रावल र आदर्श आचार्य बिजयी भएका थिए।
सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मणिराज पाण्डे प्रमुख अतिथि रहेका थिए। निवर्तमान अध्यक्ष चेतराज जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व अध्यक्ष देवबहादुुर बम, यातायात ब्यवसायी महासघं सुदूरपश्चिम सयोंजक टेकराज जोशी, सुदुरपश्चिम यातायात ब्यवसायी प्रा.लिका अध्यक्ष पदम सापकोटा, ट्रक ब्यवसायी महासघंका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम सयोंजक जिफन्ट सुदूरपश्चिम प्रदेश अध्यक्ष जितबहादुर मल्ल, सेती महाकाली ट्रक ब्यवसायी सघंका पुर्व पदाधिकारी तथा सदस्य लगायत बिभिन्न पेषागत सघं संस्थामा आबद्ध ब्यक्ती र ब्यवसायीहरुको सहभागिता थियो।