सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ७ लाख मुल्यको अवैध सामान बरामद

२०८१ कार्तिक ७, ०५:२१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा ७ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ५ लाख २४ हजार ८ सय, इलाका प्रहरी कार्यालय गड्डाचौकीले २ लाख ७ हजार र अस्थायी प्रहरी बिट मझगाउँले ३० हजार मुल्यको अबैध सामान बरामद गरेको हो।

यस्तै इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले ८ हजार ८ सय र अस्थायी प्रहरी पोष्ट आइबीआरडीले २७ हजार ६ सय मुल्यको अबैध सामान बरामद गरेको छ। कपडा, जुत्ता, कुर्ती, सल, गम्छा, सुट, थाली, कचौरा हार्डवेयरका सामान, किराना सामान, प्याज, आलु, मटर, कस्मेटिक लगायतका सामान भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस