सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुखुरापालक कृषकले भने, ‘कञ्चनपुरमा सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी हुँदैछ’

२०८१ कार्तिक ७, ०१:२० कमल सावद

धनगढीः कञ्चनपुरको पुनर्वास नगरपालिकाका सुखबहादुर तामाङ कुखुरा पालक किसान हुन्।

उनले हालै मात्र ४० क्वीन्टल कुखुरा बिक्री गरेका छन्। तर, स्थानीय नागरिकबाहेक मासु व्यवासायीहरुले तामाङबाट कुखुरा खरिद गरेनन्।बिहान ४ बजेदेखि भारतबाट भित्रिने कुखुराको मासु मात्र पुनर्वास क्षेत्रमा बिक्री हुने गरेको छ। भारतबाट तस्करीको कुखुरा पुनर्वास क्षेत्रका मासु व्यवसायीहरुले बिक्री गर्दै आएको आरोप उनको छ।

प्रतिकिलो ४० रुपैयाँ मूल्य कममा खरिद गर्न पाउने भएपछि पुनर्वास क्षेत्रका मासु व्यवसायीहरु भारतबाट तस्करी हुने कुखुराको मासु बिक्री गर्दै आएको आरोप छ। कुुखुरा पालक किसान सुखबहादुर तामाङले भने, ‘यताको कटिङ्गवालाले हाम्रो कुखुरा खरिद गर्दैनन्।

घरमा खानेहरुले मात्र खरिद गर्ने गरेका छन्। हामीले धनगढी पठाउँदा २० रुपैयाँ घाटा खानुपर्छ।’ पुर्नवास नगरपालिका क्षेत्रसँग सीमा जोडिएका भारतीय गाउँहरुबाट तस्करीको कुखुरा आयात हुने गरेको गुनासो कुखुरापालक किसानको छ। पुनर्वास क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सारका कर्मचारीहरुको मिलोमतोमै तस्करीको कुखुरा भित्रिने गरेको आरोप किसानको छ।

तस्करीमा संलग्नहरुले सरक्षाकर्मीलाई मासिक २० देखि ४० हजार रुपैयाँसम्म दिने गरेको आरोप समेत लागेको छ। मिलोमतोकै कारण सशस्त्र प्रहरीले तस्करीको कुखुरा र संलग्नलाई पक्राउ समेत गर्न नसकेको गुनासो गरिएको छ। अर्का कुखुरा व्यवसायी राजु थापाले पाँच वर्षदेखि कुखुरा पालन गर्दै आएको बताए।

पुनर्वास क्षेत्रका किसानले मूल्य नपाएको उनले बताए। उनले भने, ‘हाम्रा कुखुराहरु समयमा बिक्री हुँदैनन्। त्यसै मर्ने गरेका छन्। हामीलाई घाटा लाग्ने गरेको छ। स्थानीय सरकार र प्रशासनलाई यस्तो समस्याको विषयमा जानकारी गराएपनि उहाँहरुले वास्ता गर्नु हुँदैन। भारतीय तस्करीको कुखुरा आउने गरेको छ।’ भारतमा प्रतिकिलो कुखुराको मूल्य एक सय ८० रुपैयाँ छ। तर, नेपामा कुखुराको मूल्य २ सय २० रुपैयाँ छ।

प्रतिकिलोमै ४० रुपैयाँ नाफा हुने भएपछि पुनर्वास क्षेत्रका मासु व्यवसायीहरु भारतबाट तस्करी गरेर ल्याएको कुखुराको मासु बिक्री गर्दै आएको आरोप छ। पुनर्वास क्षेत्रमा मासु व्यवसायीहरुले भारतबाट तस्करी गरेर भित्र्याएको कुखुराको मासु बिक्र्री गर्दै आएपछि स्थानीय किसान भने समस्यामा परेका छन्। पुनर्वास नगरपालिका–९ का कुखुरा पालक किसान कर्णबहादुर अयडीले पाँच हजार कुखुरा पालन गरेको बताए। उनीसँग ९० क्वीन्टल तयार भएपनि बिक्री भएका छैनन्। उनले भने, पुनर्वासमा कुखुरा बिक्रीको बजार छ। तर, भारत केन्द्रीत छ। स्थानीय सरकार, यहाँको प्रशासन र बिओपीहरुको मिलोमतो छ। किसानहरु मार्कामा छन। हामीले पटक–पटक भनेका छौ। तर, रोकिएको छैन।’

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस