सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्याम्पसभित्र राखियो डस्टबिनको रुपमा निगालोबाट बनेका डोकाहरु

प्लास्टिकरहित धनगढी अभियानमा कैलाली बहुमुखीको साथ

२०८१ कार्तिक ७, १२:४२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा प्लास्टिक प्रतिबन्ध छ।

धनगढीमा एक वर्षदेखि प्लास्टिकको विक्रीवितरण र प्रयोग भएको छैन्। प्लास्टिक विक्रीवितरण र प्रयोगमा उपमहानगरपालिकाले रोक लगाएको छ। उपमहानगरपालिकाले नीतिगत निर्णय नै गरेर प्लास्टिक विक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको हो। यस कारण पनि धनगढीमा प्लास्टिकको विक्रीवितरण र प्रयोग पूर्ण रुपमा बन्द छ।

प्लास्टिकको विक्रीवतरण गरेको पाइए कारबाही गरिने व्यवस्थाले पनि यसको प्रयोग हुन छोडेको छ। प्लास्टिक विक्रीवितरण र प्रयोगमा प्रतिबन्ध गरिएपछि विकल्पका रुपमा अनेक उपायाहरुको खोजी गर्ने काम समेत भएको छ। प्लास्टिकरहित धनगढी उपमहानगरपालिकाको अभियानमा विभिन्न संघसंस्थाले साथ दिन थालेका छन्।

प्लास्टिक प्रतिबन्धसँगै धनगढीको फोहरलाई तह लगाउन विद्यालयदेखि हरेक समुदाय सरसफाइमा जुटेका छन्। प्लास्टिकरहित धनगढी अभियानमा कैलाली बहुमुखी क्याम्पसले पनि साथ दिएको छ। सो क्याम्पसले किसानबाट सोझै १३ वटा डोका खरिद गरेर डस्टबिनको रूपमा क्याम्पसभित्र राखेको छ। यसले कृषकलाई पनि प्रोत्साहन मिलेको छ। थोरै भएपनि पर्यावरण जोगाउन योगदान पुगेको क्याम्पस प्रशासनको अपेक्षा छ।

निगालाकोबाट बनेका डोका ५/६ बर्ष घामपानी सहन सक्ने भएकाले पनि क्याम्पसभित्र यसको प्रयोग गरिएको छ। डोकालाई डस्टबिनको रुपमा सो क्याम्पसले प्रयोगमा ल्याएको छ। क्याम्पस प्रशासनले किसानलाई समेत लाभ पुग्ने भन्दै डस्टबिनको रुपमा डोकाको प्रयोग गर्न उपमहानगरलाई आग्रह समेत गरेको छ।

कमेन्ट लोड गर्नुस