सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया बजारबाट खैरो हेरोइनसहित एक जना पक्राउ 

२०८१ कार्तिक ७, ०८:२२ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरिया बजारबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरिया बजारबाट गोदावरी नगरपालिका–४ बस्ने २८ वर्षीय लोकेन्द्र बोगटी पक्राउ परेका हुन्। बोगटीलाई ६० मिलिग्राम लागू औषध (खैरो हेरोइन)सहित फेला पारि इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको बताएको छ।

कमेन्ट लोड गर्नुस