सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट चोरी मुद्दाका फरार दोषी पक्राउ 

२०८१ कार्तिक ७, ०८:१५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट चोरी मुद्दाका फरार दोषी पक्राउ परेका छन्।

चोरी मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउ बस्ने २४ वर्षीय बिक्रम राना पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ७ दिन कैद सजाय र १० हजार जरिवाना तोकेपछि राना फरार रहेका थिए। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस