सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ५ जना जुवाडे पक्राउ

२०८१ कार्तिक ७, ०७:०१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट ५ जना जुवाडे पक्राउ परेका छन्। 

जिल्लाको बेदकोट नगरपालिका३ चौरी स्थित मदन सिंह मडैको घरमा जुवातास खेलिरहेको अवस्थामा ४८ वर्षीय मडैसहित ५ जना पक्राउ परेका हुन्। उनीहरुलाई अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरी टोलीले नगद १३ हजार ८७५ र ४८० पत्ति ताससहित मंगलवार पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस