सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुम्बिनी लायन्सले क्रिकेटर छनोटका लागि ट्यालेन्ट हन्ट आयोजना गर्ने

२०८१ कार्तिक ६, ०४:५२ खबर संवाददाता

नेपाल प्रिमियर लिग (एनपीएल) को  फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटर छनोटका लागि ट्यालेन्ट हन्ट आयोजना गर्दैछ।

ट्यालेन्ट हन्टबाट ४ खेलाडी छनोट गरिने क्लबले जनाएको छ। यसरी छनोट भएकामध्ये एक जनाले ‘सुपरस्टार’ को उपाधि सहित नगद १ लाख रुपैयाँ पाउनेछन्। साथै एनपीएलमा अन्य खेलाडीहरुसँग खेल्ने अवसर पनि पाउनेछन्।

बाँकी ३ खेलाडीहरूले ‘स्टार’ को उपाधि प्राप्त गर्नेछन् जसले लुम्बिनी लायन्सको प्रशिक्षणहरुमा सहभागी हुन पाउनेछ। लुम्बिनी लायन्सका सञ्चालक ईश्वर जिसीले लुम्बिनी प्रदेशबाट क्रिकेट प्रतिभा खोजिने बताए।

लुम्बिनी लायन्सको फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिएको ट्यालेन्ट हन्टको पोस्टमा रहेको रजिस्ट्रेसन लिङ्कमा क्लिक गरेर आवेदन प्रक्रियाको बारेमा जानकारी लिन सकिनेछ। १८ कार्तिकसम्म आवेदन बुझाउनुपर्नेछ। 

कमेन्ट लोड गर्नुस