सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट ६ जना जुवाडे पक्राउ

२०८१ कार्तिक ६, ०७:०६ खबर संवाददाता

धनगढीः कैलालीबाट ६ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका-४ माघी गाउँ स्थित कृष्णबहादुर साउदले सञ्चालन गरेको पसलमा जुवातास खेलिरहेको अवस्थामा पसल संञ्चालक सोही ठाउँ बस्ने  ४८ वर्षीय साउदसहित ६ जना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ३१ हजार ५ सय र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस