सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मोटरसाईकल दुर्घटनामा परी वडा अध्यक्षको मृत्यु

२०७६ असार ५, १०:१६ खबर संवाददाता

बैतडीमा मोटरसाईकल दुर्घटनामा परी वडाअध्यक्षको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिकाका वडा नम्बर  ४ का अध्यक्ष गौतम प्रसाद भट्टको मोटरसाईल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ। वडा कार्यालयबाट घर फर्किने क्रममा गत बुधबार पुर्चौडीको चक्किबगड भन्ने स्थानमा भएको दुर्घटनामा परी गम्भीर घाईते भएका भट्टको उपचारको क्रममा मृत्यु भएको हो। उनको कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस