सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा झण्डै २० हजार सिकलसेलका विरामी, सरकारले दिएको उपचार खर्च अपुग

२०७६ असार ५, ०७:३१ रोशन भट्ट

कैलालीका सिकलसेल पीडितले सरकारले उपचारमा उपलब्ध गराउने भनेको सहयोग पनि नपाएको गुनासो गरेका छन्। विरामीलाई आवश्यक पर्ने विभिन्न औषधी तथा नियमित   स्वस्थ्य जाच गर्नको लागि सरकारले उचित वातावारण सृजना गर्न नसकेको गुनासो गरिएको हो। सिकलसेल रोग पत्ता लागेको लामो समय भएपनि सरकारले उपचारका लागि उपलब्ध गराएको सहयोग पर्याप्त नभएको गुनासो उनीहरुको छ। पीडित सरिता चौधरीले नियमित औषधी सेवन गर्नु पर्ने तथा प्रत्येक तीन महिनामा स्वास्थ्य जाच गर्नु पर्ने भएपनि सरकारले आफुहरुलाई सहयोग नगरेको गुनासो गरिन्। ‘स्वास्थ्य जाच गर्ने डाक्टरले पनि लापरवाही गर्ने गरेको छ।’ उनले भनिन्, ‘नेपाल सरकारले प्रत्येक विरामीलाई एक लाख बराबरको स्वस्थ्य उपचार गराउने भन्दै रकम उपलब्ध गराए पनि अपुग हुने गरेको छ।’पीडित परिवारका सदस्य रामप्रशाद चौधरीले विरामीहरुले प्रत्येक तीन महिनामा २० हजार बराबरको उपचार गराउनु पर्ने बताए। ‘सरकारले उपलव्ध गराएको एक लाख रकम एक वर्षमै सकिन्छ।’ उनले भने, ‘त्यसपछि आवश्यक पर्ने उपचार गराउन समस्या हुने गरेको छ।’

सिकलसेलका विरामीमा हाडजोर्र्नी दुख्ने, हाडजोर्नी दुखेपछि विरामी थला पर्ने, कमजोरी महशुस हुने, बालबालिकामा निमोनियाको संकेत देखिने जस्ता लक्ष्यण देखिने गरेका छन्।  सिकलसेल बंशाणुगत रोग भएकाले श्रीमान श्रीमतिमा सिकलसेल भए बच्चामा सर्ने सम्भावना दुई गुणा भएको विभिन्न अध्ययनले देखाएको छ। सिकलसेलको सफल उपचार नेपालमा नै सम्भव भएपनि सरकारले ध्यान नदिएको पाईएको छ। स्थानीय, प्रदेश तथा संघीय सरकार भएपनि तराईमा वसोवास गर्ने थारु समुदायमा देखिएको सिकलसेल रोगलाई न्युनिकरण गर्न ध्यान नदिएको आरोप सिकलसेल नेपालका उपाध्यक्ष प्रंकरण बहादुर चन्दले बताए। 

देश भरीमा नै सबैभन्दा बढि थारु समुदायको वाक्लो वस्ती कैलालीमा भएकाले यस क्षेत्रमा १७ देखि २० हजार सम्म संक्रमित रहेको अनुमान गरिएको छ। तर नागरिक संग प्रत्येक्ष जोडिएको स्थानीय सरकार संगै अन्य संघसंस्थाहरु यो क्षेत्रमा काम गरिरहेका भएपनि विरामीको यकिन तथ्याङक संकलनमा कसैको ध्यान गएको छैन्। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस