सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने निर्णय

२०८१ कार्तिक ४, ०४:३४ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा जलनको निःशुल्क उपचार सेवा सञ्चालन गर्ने निर्णय गरिएको छ।

कात्तिक २ गतेको संघीय मन्त्रिपरिषद् बैठकले उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकका जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे कार्यविधि तयार पारी मन्त्रिपरिषद्‌मा स्वीकृतिका निम्ति पेस गरेको थियो।

अब सेती प्रादेशिक अस्पताल धनगढीले यो सेवा दिनेछ। उसो त संघीय मन्त्रिपरिषद बैठकले कोसीमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेसमा नारायणी अस्पताल वीरगन्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगन्ज र कर्णालीमा सुर्खेत प्रादेशिक अस्पतालले यो सेवा दिने गरी निर्णय गरेको छ।

कमेन्ट लोड गर्नुस