सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा छात्रालाई सेनेटरी प्याड वितरण

२०७६ असार ४, ०७:१९

कैलालीमा छात्राालाई सेनेटरी प्याड वितरण गरिएको छ। कैलालीको गौरीगंगा नगरपालिकाको स्वास्थ्य शाखाले छात्राहरुलाई प्याड वितरण गरेको हो। गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा रहेको मोहन्याल माध्यमिक विद्यालयमा अध्यनरत छात्रा र महिला शिक्षकलाई सेनेटरी प्याड वितरण गरिएको वडा अध्यक्ष जंगबहादुर विकले जानकारी दिए। छात्रा र महिला शिक्षकलाई गरेर चार सय सेनेटरी प्याड विद्यालयलाई नगर प्रमुख भिमबहादुर देउवाले हस्तान्तण गरेको उनले बताए।  
 

कमेन्ट लोड गर्नुस